बिराटनगर : संसदीय समितिले निजामती सेवा ऐन पारित गरेसँगै नायब सुब्बाहरु आन्दोलनमा उत्रेका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतबाट पारित गरेको ऐनले नासुहरुको घाँटी निमोठ्ने काम भएको भन्दै नासुहरु आन्दोलनमा उत्रिएका हुन् ।
निजामती सेवा ऐन २०४९ ले दिएको वृद्धि विकास खोसेर ऐन आएको भन्दै कर्मचारीहरुले सिंहदरबारभित्रै आन्दोलन सुरु गरेका हुन् । वृति विकासको ढोका बन्द गर्नेगरी मन्त्रीको सहमतिका बावजुद पारित भएको ऐन आफुहरुलाई मान्य नहुने कर्मचारीको भनाइ छ । सरकारले आफ्ना मागहरु पुरा नगरे थप आन्दोलन गर्ने पनि उनीहरुले बताएका छन् ।
तृतीय श्रेणी शाखा अधिकृत सरहको पदपूर्तिमा ५० प्रसतशत खुल्ला, ३० प्रतिशत बढुवा र २० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनु पर्ने माग उनीहरको छ । कुनै पनि साविकको पदबाट अधिकतम १२ वर्षसम्म पनि बढुवा नभएमा स्वतः बढुवा प्रणालीबाट पदपूर्ति गरेर मात्र खुलातर्फ विज्ञापन गर्नुपर्ने माग पनि राखेका छन् ।
Comments