राहतका लागी आएको खाद्यान्न वडा अध्यक्षले आधारातमा आफ्नै घर लगे

निखिल राउत सप्तरी सम्बाददता :
राहतका लागी आएको खाद्यान्न रुपनीका वडा अध्यक्ष दिपेन्द्र पासवानले आधारातमा आफ्नै घर लैजाने गरेको रहश्य खुलेको छ । सप्तरी रुपनी वडानंम्बर १ का वडा अध्यक्ष पाश्वानले घरेलु कार्यलायले राहतका लागी दिएको ७५ बोरा चामल मध्ये अधिकाँश आफ्नो घर र आफ्ना निकटहरुलाई बितरण गर्ने गरेका हुन् । रातिको समय पारेर राहतका लागी आएको सामन उनले घर पुर्याउने क्रममा अब दैनिकका सप्तरी सम्बादताको टोलीले प्रश्न गर्दा राहत बितरण गर्न लागेको बताएका थिए । तर राति करीब १०ः ३० मा राहत बितरण गर्न हिडेको भन्दा कस्ले पत्याउने ? राति राति चामको बोरा बोक्दै आफ्नै घर सम्म पुग्नु र राहतको बाहना बनाउँदा रुपनी वाडा नंम्बर १ का वडा अध्यक्षले बाँड्ने राहत जनताले पाए कि पाएनन्न आफै बुझ्नुहोस् । उक्त ७५ बोरा चाम राहतका लागी घरेलु कार्यालय जनकपुरधाम र प्रदेश सरकारले रुपनी गाउँपालीका लाई उपलब्ध गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *