मुसलमानहरुको अन्तराष्ट्र्यि सम्मेलन नेपाल इज्तिमा २०२० गृह मन्त्रालयले रोक्यो

उदयपुर गाईघाट को भुल्के भन्ने ठाउँमा एकै स्थानमा कोरोना भाईरस पोजेटीभ भेटिएका भारतिय हरु मस्जीद बाट पक्राउ परे संगै बिभिन्न स्थानका मस्जीद हरुमा प्रहरीले निगरानि बढाएको छ । उनिहरुलाई थप उपचरका लागी बिराटनगर ल्याए संगै अन्य स्थानमा रहेको मस्जीत हरुमा समेत प्रहरीले सक्रियता बढाएको हो । उत सप्तरी जिल्लामा मुसलमानहरुको शनिवार हुने भनिएको अन्तराष्ट्र्यि सम्मेलन नेपाल इज्तिमा २०२० गृह मन्त्रालयले दिएको निर्देशन मा रोकिएको छ । नेपाल र भारतका मुसलमानहरुको मात्र सहभागिता रहने भनिएको इज्तिमामा तेस्रो मुलुकबाट समेत ठूलो संख्यामा मुसलमानहरु आएकाले विभिन्न आशंकाहरु गर्न थालिएकोछ ।

सप्तरी जिल्लाको बोदे बर्साइन नगरपालिकाको वडा नम्बर ५स्थित जाँजर टोलमा आयोजना गर्न लागिएको इज्तिमालाई तत्काल रोक्न गृह मन्त्रालयले बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरीलाई निर्देशन दिएको थियो ।नेपाल र भारतका मात्रै मुस्लिम धर्माम्बली बोलाउने जनाइएपनि विश्वको बिभिन्न देशबाट मुस्लिमहरु आएका कारण गृह मन्त्रालयले कार्यक्रम रोक्न निर्देशन दिएकोहो ।गृह मन्त्रालयले कार्यक्रम स्थगन गर्ने आदेश दिएपछि सम्भावित दुर्घटना हुन नदिन प्रशासनले बोदे बर्साइन नगरपालिकाको जाँजरमा ठुलो संख्यामा प्रहरी खटाएको छ । दिउँसो ४ वजेदेखि नेपाल–भारत सिमा समेत सिल गरिएको एक प्रहरी अधिकारीले जनाए ।

मुस्लिम समुदायले फागुन ३, ४ र ५ गतेका लागि बोदे बर्साइन नगरपालिका–५, जाँजरमा इज्तिमाको आयोजना गर्न आवश्यक सम्पूर्ण तयारी पुरा गरेको थियो । तयारी पूरा भएपछि सरकारले कार्यक्रम स्थगित गरिएको भन्दै इज्तिमा व्यवस्थापन समितिका सचिव मो. हुसेनले दुख व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि भारत दिल्लीको मर्कट जामे मस्जिदका मौलाना शाद आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *