पाँच जनाले बोलेर सकियो आजको नेकपा स्थायी समिति बैठक

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको बुधबार बसेको स्थायी समिति बैठक सकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा साढे ११ बजेदेखि बसेको बैठक दिउँसो १ बजेतिर सकिएको हो।

आजको बैठकमा पाँच जना सदस्यले मात्र आफ्नो धारणा राखेका थिए।
नेकपाभित्र पछिल्लो समय प्रधानमन्त्री एंवम् अध्यक्ष केपी शर्मा ओली र इतरसमूहबीच टकराव बढेको छ। मंगलबारको बैठकमा बोल्ने लगभग सबै स्थायी समिति सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए।

सोही विषयमा आज पनि स्थायी समिति सदस्यहरू लीलामणि पोखरेल, मातृका यादव र योगेश भट्टराईले बोलेका थिए। आमन्त्रित स्थायी समिति सदस्यहरू पेशल खतिवडा र नन्दु प्रसाईंले पनि आजको बैठकमा धारणा राखेका थिए।

बैठक भोलि बिहान ११ बजे फेरि बालुवाटारमा बस्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *