संसदको जारी अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं : सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको हो ।
आज बेलुकी पाँच बजेबाट संसदको बजेट अधिवेशन अन्त्य गर्न बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भण्डारीसँग चालिस मिनेट परामर्श गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *