फेसबुक लाइभमा आएर आत्महत्या गरेकी युवतीको भिडिओ हटाउन फेसबुकलाई पत्राचार

तुलसीपुर । दाङ जिल्लाको तुलसीपुरकी एक युवतीले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ भिडियोमा आएर आत्महत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा बस्दै आएकी करिव २३ वर्षकी एलिसा गौतमले बुधबार मध्यरातमा फेसबुक लाइभ गरेर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले पुष्टी गरेका छन् ।
‘राति १ बजेर २५ मिनेटमा जानकारी पायौँ, घर पत्ता लगाउन मुस्किल प¥यो, अबेर उनको घरमा पुग्दा उनको मृत्यु भैसकेको थियो ।’, उनले भने, ‘उनी माइतीमा बस्दै आएको खुलेको छ ।’ बुवा आमा सबै भारतमा काम गर्न गएकाले उनी कोठामा एक्लै थिइन् ।’

उनी विवाहित रहेको र माइतीमा बस्दै आएको खुलेको छ । घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मृतक युवतीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । फेसबुक लाइभमा आएर आत्महत्या गरेकी युवतीको भिडिओ हटाउन प्रहरीले फेसबुकलाई पत्राचार गरेको छ। तुलसीपुर उपमहानगर वडा नम्बर ५ रानीजरूवाकी करिब २२ वर्षीया एलिसा गौतमले बिहीबार बिहान १ बजेर २५ मिनेटमा फेसबुक लाइभमा आएर पासो लगाएर आत्महत्या गरेकी थिइन्।उक्त भिडिओ उनको फेसबुकबाट हटाउन सकिएको छैन।उनको फेसबुक वालमा रहेको भिडिओ हटाउन फेसबुकलाई पत्राचार गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए। उक्त भिडिओ हटाउने प्रक्रिया सुरू गरिदिन इप्रका दाङले साइबर क्राइम ब्यूरोलाई खबर गरेको हो।‘साइबर क्राइम ब्युरोले उक्त भिडिओ हटाइदिन फेसबुकलाई पत्राचार गरिसकेको जानकारी प्राप्त भएको छ,’ उनले भने।उनको फेसबुकमा हालसम्म पनि लाइभ भिडिओ बन्द भएको छैन।यसले अरू फेसबुक प्रयोगकर्तालाई असर पर्ने प्रहरीको भनाइ छ।प्रहरीले आत्महत्या गरेकी युवतीको मोबाइलको लकसमेत खोल्न सकेको छैन।‘मोबाइल लक खोल्न यहाँ सम्भव छैन। मोबाइलमा प्याटर्न छ यो खोल्न पनि काठमाडौंमा पठाउनुपर्ने रहेछ,’ उनले भने।उनले मोबाइलमा फिंगर प्रिन्ट अनलक राखेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *