अभिभावक संघको सुझाव कक्षा ११ को परीक्षा नलिन

१९ असार, काठमाडौं । अभिभावक संघ नेपालले कक्षा ११ को परीक्षा नलिन सुझाव दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा शुक्रबार आयोजित कार्यक्रममा संघले कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको परीक्षा लिनु आवश्यक नरहेको भन्दै यस्तो सुझाव दिएको हो ।

अभिभावक संघका अध्यक्ष केशव पुरी भन्छन्, ‘कानुन मै नभएको कक्षा ११ को परीक्षा लिन आवश्यक छैन ।’शिक्षा मन्त्रायलले कक्षा ११ को परीक्षा, निजी विद्यालयको शुल्क र अनलाइन कक्षालाई मान्यता दिने की नदिने भन्ने विषयमा अभिभावक संघ र नेपाल शिक्षक महासंघसँग छलफल गरेको हो ।

संघका अध्यक्ष पुरी यस्तो विषयमा छलफल गर्दा विद्यालय सञ्चालक, शिक्षाविद्हरूलाई पनि छलफलमा बोलाउनु पर्ने बताउँछन् । अभिभावकहरू शुल्क तिर्ने अवस्थामा नरहेको र विद्यालयले यति बेला शुल्क तिर्न ताकेता गर्न नहुने पुरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *