१९ असार, काठमाडौं । कोरोना महामारीमा समस्यामा परेका पत्रकारको पेशागत सुरक्षाका लागि नेपाल पत्रकार महासंघले शुक्रबार प्रदर्शन गरेको छ । काठमाडौंको बबरमहलमा पत्रकार महासंघको अगुवाईमा पत्रकारहरुले प्रदर्शन गरेका हुन् ।
पत्रकारहरुले कोरोना महामारीका बहानामा कामबाट निकाल्न नपाइने, पेशागत सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेलगायतका नारा लेखेको प्लेकार्ड बोकेका थिए ।प्रदर्शनपछिको कोणसभामा पत्रकार महासंघका महासचिव रमेश विष्टले प्रेस स्वतन्त्रतामा योगदान गरेका नाममा मिडिया सञ्चालकले श्रमिकलाई शोषण गर्न नपाउने बताए ।
‘यदि सञ्चारलाई व्यवसाय वा उद्यम मान्ने हो भने नाफा हुँदा नाफा लिने र घाटा हुँदा ब्यहोर्न सक्ने सामर्थ्य राख्नुपर्छ’ उनले भने ‘प्रेस स्वतन्त्रतामा योगदान गरेका नाममा श्रमिकलाई शोषण गर्न पाइदैन ।’
Comments