ओलीको विकल्प केपी ओली

सुजन दाहाल ।
सत्तासिन पार्टी नेकपाको स्थायी समिति बैठक चलिरहेको छ । पार्टीमा सत्ता र शक्तिलाई लिएर घम्साघम्सीको अवस्था छ  ।

अहिले जुन ढंगको नेकपा भित्र बहस र छलफल चलिरहेको छ । त्यो नेपाली जनताको भलाईको लागि र देश विकासको लागि भै दिएको भए नेपाली जनताले आनन्दको अनुभूति गर्ने थिए ।

शक्ति र सत्ता प्राप्त गर्न भएको नेकपाको सधर्ष र लडाइले देश कहाँ पुग्छ अहिले नै भन्न सक्ने अवस्था छैन । नेकपा भित्रको अहिलेको परिदृश्य केवल पार्टी भित्रको बिषय मात्र हुन सक्दैन ।

सरकारलाई राज्य संचालनमा कतिपनि सहयोग नगर्ने अनि सरकारले केही गरेन भनेर गीत गाउदै हिडन् मिल्छ ? नैतिक जिम्मेवारी पार्टीका अन्य नेतृत्व तहमा बसेर कुर्सी ओगटने ले पनि लिनु पर्छ । देशी विदेशी तत्व र माफिया उकास्ने र ओली विरुद्ध खन्याउने गर्नाले नेपालीले फेरी पनि राजनैतिक अस्थिरता भोग्नु पर्ने स्थिती आउदैछ ।

देशको सवै भन्दा ठूलो पार्टीको हिसावले पनि नेपाल र नेपालीको सरोकार र भविष्यको बिषय भएको छ । नेकपाले चाल्ने कदम र लिने निर्णयले बर्तमान र भावी पुस्ताको भविष्यको निर्धारण गर्ने हुँदा आम नागरिकले अहिलेको नेकपा भित्रको ताण्डबलाई सुष्म ढंगले नियाली रहेका छन् ।

‘कामकुरो एकातिर कुम्लो बोकी ठिमितिर’ भने झै कोरोनाको कहरले मानिस जीवन मरणको अवस्थामा छ । कतै पखाला लागेर त कतै सिटामोल सम्म खान नपाएर मानिस छटपटाइ छटपटाइकन मरिरहेको छ ।

यस्तो बिषम परिस्थितीमा सरकारबादी दलको भूमिका राम्रो भएन । ठूलो पार्टी हुनुको नाताले जनतालाई गर्नु पर्ने ठिक व्यवहार र जिम्मेवारी बोध गरिएन । कोरोना सुरु भए देखी नै आन्तरिक कलहमा मात्र समय वितायो ।

जसले गर्दा नेपाली जनतालाई धेरै दुःखी बनायो । जनता विवस भएर सडकमा आए ।
यी सवै परिदृश्य जनताले सहेर नै बसे । जनता बोलेनन् भनेर सवै ठिकठकाक छ भनी बुझनु सत्ताधारीको कमजोरी भयो ।

जनतासंग पनि तत्काललाई दलहरुले जे गरे पनि सहेर बसी दिने बाहेक अर्को विकल्प भएन । जुन दिन केपी ओली सरकार गठन भयो त्यही दिन देखि नै उनलाई चारै तिरबाट असहयोगहरु सुरु भए ।

सवै भन्दा ठूलो असहयोग आन्तरिक रुपमा उनकै पार्टी भित्रैबाट भयो । एक अर्को नेता आँखा तरेर हेर्न थाले । खुलम खुल्ला सरकारको आलोचनामा उत्रिए । अन्य परिस्थितीले पनि ओली सरकारलाई फेभर गरेन ।

बस्तुतः पार्टी अध्यक्ष हुनुको नाताले पार्टी पंतिलाई मिलाएर लान नसक्नु केपी ओली कै कमजोरी हो । तर अन्य पार्टीका जिम्मेवार ठाँउमा बसेका नेताहरु कहिल्लै जिम्मेवार भएनन् । अहंकारिता, क्रोध र इगो विकास हुदै गएको परिणाम अहिलेको अवस्था हो ।

केपी ओलीले देश भने जसरी चलाउन सकेनन् । नागरिकका तमाम बिषय र मुद्धाहरुलाई सम्बोधन गर्न पनि सकेन्न । आधारभूत आवश्यकता सम्म पनि व्यवस्थापन गर्न नसक्दा जनआक्रोस बढदै गएकै हो ।

आखिर सरकार असफल हुनु भनेको नेकपा असफल हुनु हो । नेकपा असफल हुनु भनेको देश नै असफल हुनु हो भन्ने कुरा नेकपाका समग्र नेता कार्यकर्ताले बुझिदिए राम्रो हुन्थ्यो ।

शासकिय शैली पनि नागरिक फ्रेन्डी अपनाउन सकेनन् । पार्टी भित्रबाट घेरिदै गएका ओली आफनो व्यवहारले नै आफू माथीको घेराईको दायरा बढाउदै गए ।
विभिन्न काण्ड र हत्कन्डामा पनि केपी ओली प्रत्यक्ष र परोक्ष जोडिए । कतिपय मुद्धामा उनी चुकेकै हुन् ।

कतिपय अवस्थामा उनमा राज्य शक्तिको मात लागेर जनताको चरम आंकाक्षालाई लत्याए । परिणामतः यत्रो लामो नेपाली जनताको बलिदान पछि बनेको अहिले सम्मको बलियो सरकार निरिहतामा परिणत भयो ।

यो नेपालीको लागि दुर्भाग्य हो । केपी ओलीले काम गरेनन् पनि र गर्न पनि दिइएन । नेतृत्वमा भएको नाताले ओलीले नै यसको जिम्मा लिनु पर्छ ।

यद्यपी पुष्प कमल दाहाल, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम आदीले पार्टीको नेतृत्व तहमा भएको नाताले सरकारले काम गर्न नसकेकोमा नैतिक जिम्मा लिनु पर्दैन ? उहाँहरु पानी माथीको ओभानु हुन मिल्छ ?

सरकारलाई राज्य संचालनमा कतिपनि सहयोग नगर्ने अनि सरकारले केही गरेन भनेर गीत गाउदै हिडन् मिल्छ ? पक्कै मिल्दैन । नैतिक जिम्मेवारी पार्टीका अन्य नेतृत्व तहमा बसेर कुर्सी ओगटने ले पनि लिनु पर्छ ।

देशी विदेशी तत्व र माफिया उकास्ने र ओली विरुद्ध खन्याउने गर्नाले नेपालीले फेरी पनि राजनैतिक अस्थिरता भोग्नु पर्ने स्थिती आउदैछ ।

विदेशी एजेन्ट र दलालहरुले चारैतिरबाट घेरा हालेर सरकार असफल बनाउने तिर लागे । सरकारले पनि समयमा नै माफिया र दलाललाई तह लगाएर सरकार संचालन गर्न सकेन ।

अहिले सरसर्ती हेर्दा के पी ओलीको विकल्प के पी ओली मात्र हुन् । केपी ओलीको भरपर्दो र नागरिले पत्याउने विकल्प देखिदैन । अहिले के पी ओलीलाई विस्थापित गरेर प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम वा अन्य कोही प्रधानमन्त्री भए पनि केही हुने बाला छैन ।

आखिर सरकार असफल हुनु भनेको नेकपा असफल हुनु हो । नेकपा असफल हुनु भनेको देश नै असफल हुनु हो भन्ने कुरा नेकपाका समग्र नेता कार्यकर्ताले बुझिदिए राम्रो हुन्थ्यो । अहिलेको सरकारले काम गर्न नसक्नु भनेको जनताको सपना माथीको कुठाराघात हो ।

सरकारलाई कुनै न कुनै रुपमा जनताले उत्तरदायी बनाउन सकेनन् । प्रजा, जनता हुदै नागरिक बन्न नसकेका नेपालीले सरकारलाई ठिक ढंगबाट खवरदारी नगरी उनीहरु कै झोला बोकेर भक्ति भावमा भजन गाँउनाले देश अहिलेको बिषम स्थितीमा पुगेको हो ।

अहिले सरसर्ती हेर्दा के पी ओलीको विकल्प के पी ओली मात्र हुन् । केपी ओलीको भरपर्दो र नागरिले पत्याउने विकल्प देखिदैन । अहिले के पी ओलीलाई विस्थापित गरेर प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम वा अन्य कोही प्रधानमन्त्री भए पनि केही हुने बाला छैन ।

ओली पछि अर्को कसैलाई प्रधानमन्त्री बनाउदा देश आमुल परिवर्तन हुन्छ भन्ने ग्यारेन्टी नेकपाले पनि दिन सक्दैन । कोही व्यक्तिलाई प्रधानमन्त्रीको कुर्सीमा राख्दैमा नेपालीका दुःखका दिन सकिन्छन् भन्ने भरपर्दो आधार छैन ।

गरिव नेपालीको गाँस, वाँस, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता कुराहरु सम्बोधन हुन्छन् भन्ने ग्यारेन्टी छैन । अनि किन केपी ओलीको विकल्प चाहियो ?

अहिले नेकपाले केपी ओलीको विकल्प खोज्नु भनेको दुर्घटना नित्याउनु हो । पार्टीले प्रधानमन्त्री फेर्न सक्ने अधिकार त राख्छ तर केपी ओलीलाई सत्ताच्युत गर्ने सही समय होइन ।

अहिले त केपी ओलीलाई जिम्मेवार बनाउने बेला हो । के पी ओलीले राम्रो काम गरेनन् भनेर उनलाई हटाएर अर्को कोहीलाई प्रधानमन्त्री बनाउदा जादुको छडी जस्तो रातारात परिवर्तन हुने पनि होइन ।

नेपाली जनताले भोग्दै आएको अस्थिर सरकारका कारण डवल नेकपालाई बहुमत दिएका हुन् । बहुमत आउनुमा पार्टीका सवै नेताको योगदान छ ।

तर उल्लेखनिय योगदान के पी ओली को नै छ । नाकाबन्दीमा उनले लिएको अडानका कारण नेपाली जनताले केपी ओलीको नेतृत्वलाई पत्याए र झण्डै दुई तिहाई बहुमत पनि दिए ।

जनताले दिएको बहुमत र आदेशलाई पार्टी र सरकारले लत्याउदा नै अहिलेको अवस्था आएको हो । जनताको बहुमतलाई अपमान गरी केपी र उनले तेतृत्व गरेको नेकपाले देशमा गाइजात्रा देखाइ रहेका छन् । यो नेपाली जनताले स्वीकार्य बिषय हुदैन ।

प्रधानमन्त्री फेर्ने कुरामा नभई नेपाली जनताले प्रधानमन्त्रीलाई सच्याएर अगाडी लानु पर्छ भन्ने भावना व्यक्त गरिरहेका छन् । देश विकासको लागि राजनैनिक स्थिरता अपरिहार्य छ ।

अव त स्थिर सरकार मार्फत् राजैतिक स्थिरता होला भन्यो तर दलहरु मातिएर उल्टो बाटो हिडिरहेका छन् । दल र तिनका नेताहरुको सत्तालोलुपता र अंहकारी व्यवहारले गर्दा देश रोइ रहेको छ ।

अव बृद्धहरुबाट देश चल्दैन । नयाँ भिजन बोकेका युवाहरुले देश हाक्ने वातावरण बनाउन पर्छ । बृद्धहरुलाई सम्मानसाथ अभिभावकको भूमिकामा मात्र राख्नु पर्छ ।

लौरो टेकेर हिडनु पर्ने उमेर सम्म राजनीति गर्ने काम बन्द गर्नु पर्छ । युवाहरुको तेतृत्व विकास गरी र युवाहरुलाई देश चलाउन जिम्मा दिनु पर्छ । बृद्ध नेताको यातना र बोझ अव नेपाली जनताले बोक्न सक्दैनन् ।

अन्तमा, राजनैतिक स्थिरताको लागि स्थिर सरकार चाहिन्छ । त्यसैले प्रधानमन्त्री ओली र नेकपाका अन्य नेताले देश र जनतालाई अव घोका दिदैनौ भनी आत्मालोचना गर्नु पर्छ । अहिले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनु हुदैन ।

यदी हटाएमा गलत संस्कार स्थापित हुन जान्छ । राजनीति एक संस्कार भएकाले असल संस्कार स्थापित गर्नु पर्छ ।

सरकार संचालनको लागि नेकपाले केपी ओलीसंग समन्वय गर्न पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेब गौतम आदीकोे एक अभिभावकिय टोली गठन गर्ने र उक्त टोलीले प्रधानमन्त्रीलाई सरकार संचालनार्थ एक प्रकारले मार्गदर्शन गर्ने र केपी ओलीले पनि उक्त अभिभावकीय टीमले देखाएको बाटोलाई आत्मसाथ गरेर अगाडी बढने विकल्पमा जानु पर्छ । वा अन्य यस्तै कुनै अर्को विकल्प खोजी गरी पार्टी र सरकार अगाडी बढनु नै अहिलेको आवश्यकता हो ।

केपी ओलीलाई हटाएर अर्को कसैलाई प्रधानमन्त्री बनाउने बारे पार्टीले नसोच्दा राम्रो हुन्छ । किनकी भएका मध्येमा राम्रो केपी ओली नै हुन् ।

आउदो चुनावसम्म उनलाई पार्टीले एक प्रकारले जिम्मेवारी बोध हुने गरी निर्णय गर्नु पर्छ । तर जे भए पनि अहिले प्रधानमन्त्रीबाट हटाउनु हुदैन ।

अहिलेको देश र जनताको आवश्यकता राजनैतिक स्थिरता र स्थिर सरकार भएकोले पनि केपी ओलीको विकल्प केपी ओली नै हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *