सलहको वितण्ड : ५ सय हेक्टर बढी क्षेत्रफलको मकै बाली सखाप

अर्घाखाँची : अर्घाखाँचीमा पाँच सय हेक्टर भन्दा बढी क्षेत्रफलमा लगाएको मकै बाली सलह किराले नष्ट गरेको छ । छ दिन देखि सलहले खेतबारी नछाडेपछि स्थानीयहरु हैरान भएका छन् । अन्य क्षेत्रमा सलह नियन्त्रणमा आएपनि शितगंगा नगरपालिकामा भने सलहले दुःख दिन छाडेको छैन । शितगंगा नगरपालिका– ७ को जलुके, जुवाकोट, लगायतका क्षेत्रमा सयौं रोपनीमा लगाइएको मकै सलहले नष्ट गरेको छ । केही ठाँउमा सलहमै पुरै मकै नष्ट गरेको छ भने केही क्षेत्रमा आंशिक क्षति पु¥याएको छ । सितगंगा १० सिद्धाराको दुम्सी लगायतका क्षेत्रमा सलहले मकै वाली पुर्ण रुपमा नष्ट गरेको वडाध्यक्ष हिम्मत पोखरेलले जानकारी दिए । सलहले सन्धिखर्क, शितगंगा, भूमिकास्थान, छत्रदेव, मालारानी र पाणिनिमा क्षति पु¥याएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीले जनाएको छ । सलहले पु¥याएको क्षतिको तथ्यांक संकलन भैरहेको पनि केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *