पार्टीभित्रैबाट षड्यन्त्र भइरहेको छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले आफू र राष्ट्रपतिविरुद्ध पार्टीभित्रैबाट षड्यन्त्र भइरहेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटे लगत्तै बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले आफूलाई दुवै पदबाट हटाउने र राष्ट्रपतिलाई महाअभियोग लगाउने षड्यन्त्र पार्टीभित्र भइरहेको जानकारी गराएको बताइएको छ । पार्टी एक रहने सम्भावना निकै कम रहेको र त्यसलाई बचाउन आफूले अथक प्रयास गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई सहयोग गर्न आग्रहसमेत गरेका छन् । आफूलाई प्रधानमन्त्री र अध्यक्ष दुबैबाट राजीनामा दिन भनिरहेको तर त्यो सम्भव नभएको पनि प्रधानमन्त्री ओलीले मन्त्रीहरुसमक्ष स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रपति हटाउन पार्टीकै नेताहरुले महाभियोगको प्रस्ताव ल्याउने तयारी गरिरहेको थाह पाएर आफूले संसद अधिवेशन अन्त्यको निर्णय गरेको समेत मन्त्रीहरुलाई जानकारी गराएका छन् । छलफल प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई आफ्नो कित्ता स्पष्ट पार्न चेतावनी समेत दिएको बताइएको छ । छलफल वर्षमान पुन, घनश्याम भुसाल लगायतका मन्त्रीहरुले धारणा राख्दै कुनै पनि हालतमा पार्टी फुट्न नदिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए । यसअघि प्रधानमन्त्री ओलीले शितल निवासमा राष्ट्रपति भण्डारीसँग करिव एक घन्टा छलफल गरेका थिए । छलफलको विषय खुलाइएको छैन । पार्टीभित्र अध्यक्ष र प्रधानमन्त्री दुबै पद छाडन दवाव बढेपछि प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीविच केही दिनदेखि परामर्श गरिरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *