असार २६ गतेदेखि २९ गतेसम्म प्रमुख नदीहरुमा बाढी आउने,सबै भन्दा बढी प्रदेश १ र २ जोखिममा

आउदो असार २६ गतेदेखि २९ गतेसम्म प्रमुख नदीहरुमा बाढी आउने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाढी सतर्कताको तह पार गरी खतराको तह नजिक पुग्ने भएकाले सतर्क रहन र नदी किनार क्षेत्रमा आगामी तीन दिनसम्म निर्माण कार्य नगर्न महाशाखाले अनुरोध गरेको छ ।

बाढीबाट सबै भन्दा बढी प्रदेश १ र २ को तराई भूभागमा जोखिम हुने महाशाखाले पूर्वानुमान गरेको छ । त्यसैले ती क्षेत्रमा पूर्वतयारीमा जुट्न महाशाखाले भनेको हो।आज भने बागमती, तिनाउ, पश्चिम राप्ती र बबईका सहायक नदीमा बहाव बढ्ने र केहीमा सतर्कताको तहसम्म पुग्ने अनुमान गरिएको छ ।

कन्काई, कोशी, कमला, बागमती, पश्चिम राप्ती, बबई, कर्णालीलगायतका नदीहरुमा पानीको बहाव बढ्दो क्रममा रहे पनि सबैमा सतर्कताको तहभन्दा तलै रहने महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *