कञ्चनपुर-
कञ्चनपुरको पुनर्वासमा बञ्चरो प्रहार गरी छिमेकीको हत्या गरेर फरार रहेका ४१ वर्षीय गौरव बहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार राति पुनर्वास नगरपालिका वडा नम्बर ५ भानुबस्तीमा ४७ वर्षीय गोपाल कुँवरको हत्या गरेर फरार खडकालाई प्रहरीले आज विहान पक्राउ गरेको हो ।
पुनर्वास नगरपालिका वडा नम्बर पाँचमा लुकेर बसेको अवस्थामा उनी पक्राउ परेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Comments