काठमाडौं –
चर्चित युवा लेग स्पिनर सन्दीप लामिछाने एक करोडभन्दा बढी मुल्यमा आठौं क्यारेबियन प्रिमियर लिग सिपिएलकोलागि अनुबन्धित भएका छन। उनले तेस्रो पटक यो लिग खेल्न लागेका हुन। सन्दीपलाई जमैका तल्लावाहले अनुबन्धन गरेको हो।उनले ड्राफ्टमा आफ्नो मुल्य न्युनतम नब्बे हजार डलर तोकेका थिए र उनी दोस्रो चरणमा नै छनौटमा परे।
उनले एक करोडभन्दा बढी पारिश्रमिक पाउनेछन। अनलाइनमार्फत दुई साता अगाडि ड्राफ्टमा २३ राष्ट्रका ५३७ खेलाडीहरूले नाम दर्ता गराएका थिए। ड्राफ्टको नतिजा सोमबार बेलुका आयोजकले सार्वजनिक गरेको हो। सिपिएल १८ अगस्टदेखि १० सेप्टेम्बर सम्म चल्नेछ। यद्धपि कोभिड १९ को कारण लिग हुने नहुनेमा भने संका छ। दर्शकबिना लिग सञ्चालन गर्ने भनिएपनि सरकारी अनुमति अझै प्राप्त भएको छैन। सन्दीपले यसअघि दुई संस्करण सेन्ट किट्स एण्ड नेभिस पेट्रिएटस तथा बार्बाडोस ट्राइडेन्टबाट खेलेका थिए। उनले दुई संस्करणमा ११ खेल खेली १५ विकेट लिएका छन।
Comments