काठमाडौं –
उपचार गराइरहेका विरामीमा कोरोना भाइरस संक्रमण देखिएपछि काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्र अनिश्चितकालका लागि बन्द भएको छ । अस्पतालले आज एक सूचना प्रकाशित गरेर आकस्मिक बाहेकका सेवा स्थगित गरिएको जनाएको हो ।साथै उपचारमा सग्लन चिकित्सक र स्वास्थ्यकर्मीलाई आइसोलेसनमा बस्न अस्पतालले भनेको छ । विरामीको सम्पर्कमा आएका सबैको स्वाब संकलन गरेर परीक्षणका लागि पठाउने तयारी गरिएको छ । सोमबार अस्पतालमा उपचार गराइरहेका सात जना विरामीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएका सबैलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसोलेसनमा पठाइएको छ । सरकारले लक्षण नदेखिएका र अपरेसनअगाडि कोरोनाको जाँच नगर्न परिपत्र जारी गरेपछि अस्पतालले विरामीको स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो । बीस जना विरामीको स्वाब परीक्षणका लागि पठाउदा सात जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।
Comments