लकडाउनको अवधीमा भारतबाहेकका अन्य देशहरुबाट २० हजार नेपाली स्वदेश फर्किए

लकडाउनको अवधीमा भारतबाहेकका अन्य देशहरुबाट २० हजार नेपाली स्वदेश फर्किएका छन ।

सोमबारसम्म २० हजार ३१ नेपाली स्वदेश फर्किएका हुन । सोमबार मात्र ८७८ जना नेपाली घर स्वदेश फर्किएको कोभिड–१९ सकंट व्यवस्थापन सेन्टरले जानकारी दिएको छ ।

सेन्टरका अनुसार सोमबारसम्म सबैभन्दा बढी कुवेतबाट चार हजार ३११ जना स्वदेश फर्केका छन् । युएइबाट तीन हजार ५९६, साउदी अरेबियाबाट दुई हजार ८०८ जना, कतारबाट दुई हजार २५६ हजार फर्किएका छन् ।

मलेसिया, बङ्गलादेश,माल्दिभ्स, जापान,अष्ट्रेलिया, अमेरिकाका लगायत देशहरुबाट नेपाली स्वदेश फर्किएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *