नेकपा विवाद चिनको चासो

काठमाडौं
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग भेट गरेकी छिन् । आज विहान खनाल निबास पुगेर उनले करिव एक घन्टा भेट गरेकी हुन् । सत्तारुढ नेकपामा विवाद चर्किएको समयमा खनाल र यान्छीबीच भेटवार्ता भएको हो ।

करिब एक घण्टा लामो भेटमा नेकपाभित्रको शक्ति संघर्षका केन्द्रित भएर छलफल भएको बुझिएको छ । यसअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाका वरिष्ठ नेता माधव नेपालसँग पनि भेट गरेकी थिइन् ।यसअघि पनि नेकपाका विवाद हुँदा उनले शिर्ष नेतासँग छलफल गरेकी थिइन् ।

उनको पछिल्लो सक्रियतालाई भारतीय सञ्चारमाध्यमले भने नेपालमा चीनको बढ्दो हस्तक्षेप र नेपालको चीनप्रतिको झुकाव’ का रूपमा चर्चा गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *