पेट्रोल पंम्पको मालिकमाथि छुरा प्रहार

सप्तरीको रुपनी गाउँपालिका ६, बीरेन्द्र बजारमा रहेको भगत ट्रेडर्स पेट्रोल पंम्पको संचालक शिबदयाल भगतका जेठो छोरा रन्जित कुमार भगत र कान्छो छोरा संजीव भगत माथि अन्धाधुन्ध छुरा प्रहार भएको छ । बेलुका करिब ७ :०० बजे तीनजनाको समूहमा अाएको व्यक्तिहरुले मार्ने धम्की दिदै पेट्रोल पम्पमा प्रवेसगरी छुरा प्रहार गरेका हुन् । छुरा प्रहार गर्नेहरूमा दीलीप दास, राजिन्द्र दास, विवेक दास रहेको घाइते रन्जित गुप्ताले बताएका छन् । अन्धाधुन्ध छुरा प्रहार गर्दा रन्जितको पाखुरा र कोखामागरी तीन ठाउँमा गहिरो घाउ रहेको युनिक अस्पतालका डाक्टर प्रमोद साहले जानकारी दिएका छन् । उनले थपे, स्वास्थ्य अवस्था चिन्ताजनक छैन् तर,बाँया पाखुरामा रहेको गहिरो घाउले समस्या पार्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *