एनआईसी एशिया बैंकका ऋणीलाई व्याज छुटको आकर्षक योजना

काठमाडौं
एनआईसी एसिया बैंकले असार मसान्तसम्म साँवा तथा ब्याजको बक्यौता रकम चुक्ता गर्नेलाई साउन १ गतेदेखि ९ दशमलब ९९ प्रतिशत ब्याजदर कायम गर्ने भएको छ ।कोरोनाका कारण ऋणीमा परेको असर न्यूनिकरण गर्नका लागि राष्ट्र बैंकले निर्देशन कार्यावयन गर्दै एकल अंकमा ब्याजदर कायम गर्ने निर्णय भएको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए ।

यसका लागि असार मसान्तसम्म कर्जाको साँवा र ब्याज चुक्ता भुक्तानी गर्नुपर्ने बैंकले स्पष्ट पारेको छ । राष्ट्र बैंकले गत वैशाख १६ मा चैत मसान्तसम्म ऋणीलाई ब्याजदरमा २ प्रतिशत छुट दिन निर्देशन दिएपछि बैंकले त्यसलाई कार्यान्वयन गर्दै नयाँ योजना ल्याएको हो । यसका लागि बैंकले ‘कर्जा सहायता केन्द्र’ को स्थापना गरेको छ ।बैंकको मुलुकभर ३ सय २६ शाखा कार्यालय र २१ लाखभन्दा बढी ग्राहक छन । बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजश्व सरकारलाई भुक्तानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *