अस्ट्रेलियाको मेलबर्नमा डेढ महिनाको लागि तेस्रो तहको लकडाउन लागू

एजेन्सी
अस्ट्रेलियाको मेलबर्नमा डेढ महिनाको लागि तेस्रो तहको लकडाउन लागू गरिएको छ । कोरोना भाइरस संक्रमण बढदो क्रममा देखिएपछि बुधबार रातिबाट लागू हुने गरि भिक्टोरिया राज्यले लकडाउन घोषणा गरेको हो ।

भिक्टोरियामा मंगलबार १ सय ९१ जना र आज १ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लकडाउनको अवधिमा खानेकुरा किन्न, आवश्यक परेकाहरूको रेखदेख गर्न, व्यायाम गर्न र स्कुल अथवा काममा मात्र जान र आउन पाउनेछन् । रेस्टुरेन्ट र क्याफेमा किनेर लाने मात्र व्यवस्था मात्रै हुनेछ ।

संक्रमित बढेपछि न्यूसाउथवेल्स र भिक्टोरिया राज्यका नाकापनि बन्द गरिएको छ । एक शताब्दीको अन्तरालमा पहिलोपटक यी दुई राज्यबीच नाकाबन्दी गरिएको हो ।

सीमाहरू कहिले खोल्ने भन्ने खुलाइएको छैन । अस्ट्रेलियामा हालसम्म ८ हजार ५ सय ६६ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोनाका कारण हालसम्म १ सय ६ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *