लकडाउनको मौका पारेर प्रहरीकै सेटिङमा काठ तस्करी: रुपनी

सप्तरी :

लकडाउनको मौका पारेर सप्तरीको रुपनीमा तस्कर हरुले प्रहरीकै सेटिङमा काठ तस्करी गराउने गरेको छ । इलाका प्रहरी कार्यालय रुपनी , सप्तरीका सइ नविन झाले चढ्ने एउटा कालो  कलरको सवारी साधन संघै जसो साँझ को ५ बजे कन्कपट्किो बाटो हुँदै जंगल छिर्ने गर्छ । करीब ३ घण्टा पछि उनि कार्यालय तर्फ लाग्ने गरेको छ । कहिले रुपनी बजार देखि पुर्वको बाटो खाडो को बाटो खाडो खोलाको प्रयोग भएर तस्करी हुने गरेको छ । स ७ प९६१४ कालो रङ्गको गाडि प्रयोग गरी प्रहरीका सई नवीन झा सेटिङकै लागी जंगल जाने गरेका हुन् भने स साना क्यारीङवाला हरु संग समेत रकम असुली गर्ने र पक्राउ परेको मोटरसाइक बाट समेत इन्धन निकालेर प्रयोग गर्ने गरेका हुन् ।
पछिल्लो केहि समय यता लागु भएको लकडाउनको समेत वास्ता नगरी उनी दैनिक जसो जंगल तर्फ जाने र तस्करहरुलाई सघाउ पुर्याउने गरेका हुन् ।
पहिले पनी बिभागिय कारबाहि मा परेका उनको पछिल्लो गतिविधि ले तस्करीलाई टेवा पुर्याएको स्थानिय को भनाइ छ । उनि पहिले घुस र काठ तस्करीको बिषयमा बिभागीय कारबाहिमा परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *