कोरोना संक्रमण बढिरहेको बेला अमेरिकामा विद्यालयहरु खोल्ने तयारी

एजेन्सी
कोरोना संक्रमण बढिरहेको बेला अमेरिकामा विद्यालयहरु खोल्ने तयारी गरिएको छ । कोराना भाइरस नियन्त्रणका लागि कडा नियमहरु लागू गर्नु ठिक होइन भन्दै स्कूलहरु अब चाँडै नै खोल्ने अमेरिकी सरकारले तयारी गरेको हो ।अमेरिकी संक्रामक रोग बिशेषज्ञ तथा ह्वाइट हाउसका सल्लाहकार डा एन्थोनी फाउचीले भने अहिलेको अवस्थामा बिद्यालयहरु खोल्नु घातक हुने चेतावनी दिएका छन । संक्रमण नियन्त्रणमा आइनसकेको र भयावह स्थिती यथावत रहेका कारण विद्यालयहरु खोल्ने निर्णय गलत सावित हुने उनको भनाइ छ ।

संक्रमण बढदै गएपनि अमेरिकामा स्वास्थ्य सतर्कता अपनाइएको छैन । सामाजिक दुरी कायम नगर्ने र मास्क समेत प्रयोग नगर्नेको संख्या पनि उल्लेख्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *