पास्नीमा सामूहिक भोज खाएका ३० जना स्थानीय बासिन्दा बिरामी

खोटाङ-
पास्नीमा सामूहिक भोज खाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङक ३० जना स्थानीय बासिन्दा बिरामी परेका छन् ।

लफ्याङस्थित तित्रीबोटेका सुजन राईकी छोरीको पास्नी भोजमा सहभागी ३० स्थानीय बासिन्दा बिरामी भएका हुन् ।

बिरामीलाई ट्रयाक्टर रिजर्भ गरेर उपचारका लागि जिल्ला अस्पताल खोटाङ पठाइएको वडाध्यक्ष निर्मल राईले बताए । ‘भोज खाएको केही समयपछि बान्ता हुने, पेट दुख्ने, रिँगटा लाग्ने र ढल्ने लक्षण देखिएको छ”, उनले भने ‘गम्भीर किसिमका २५ जनालाई उपचारका लागि अस्पताल पठाइएको हो ।’

सामूहिक भोजमा पकाइएको मासुभातसँगै ट्याङ जुस ९पानीमा घोलेर प्रयोग गरिने पेय पदार्थ सेवन गरेका थिए । उपचारका लागि नगरपालिकाको स्वास्थ्य शाखाबाट आवश्यक औषधिसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको नगर प्रमुख दीपनारायण रिजालले बताए ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *