सार्क राष्ट्र मध्ये नेपाल पीसीआर टेस्ट गर्ने मुलुकमा अगाडि,

विराटनगर
दक्षिण एसियाली क्षेत्रीय सहयोग स‌ंगठन सार्क राष्ट्रको सदस्यहरू मध्ये नेपाल पीसीआर टेस्ट गर्ने मुलुकमा अगाडि रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।नेपाल पीसीआर टेस्ट गर्ने मुलुकहरूमा श्रीलंका, बंगलादेश, अफ्गानिस्तान, पाकिस्तान र भारत भन्दा अगाडि रहेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए का छन।

प्रत्येक १० लाख मानिसमा पीसीआर टेस्टको सरदर अनुपात अफ्गानिस्तानमा १ हजार ९ सय ९०, बांगलादेशमा ५ हजार ४ सय १६, श्रीलंकामा ५ हजार ३ सय ५९, पाकिस्तानमा ६ हजार ६ सय ४०, भारतमा ७ हजार ५ सय ८८ र नेपालमा ९ हजार १ सय ५६ छ ।

कोभिड १९ बाट मृत्यु हुनेको दर पनि अन्य देशको तुलनामा नेपालमा कम छ । प्रति १० लाख संक्रमितमा मृत्युहुनेको दर सार्क राष्ट्र बांगलादेश, अफ्गानिस्तान, पाकिस्तान, माल्दिभ्स र भारत भन्दा नेपालमा कम छ ।प्रत्येक १० लाख संक्रमित अनुपातमा अफ्गानिस्तानमा मृत्यु हुनेको सरदर संख्या २४, बांगलादेशमा १३, श्रीलंकामा ०।५, पाकिस्तानमा २२, भारतमा १५ र नेपालमा १ छ ।

कोभिड १९ बाट मृत्यु हुनेको संख्या अध्ययन गर्दा नेपाल अमेरिका, बेलायत, जापान र चीन जस्तै अन्य विकसित देशहरू भन्दा कम नरहेको डाक्टर गौतमले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *