अमेरिकाले चिनियाँ राजनीतिज्ञमाथि प्रतिबन्धको घोषणा

एजेन्सी
अमेरिकाले थप चिनियाँ राजनीतिज्ञमाथि प्रतिबन्धको घोषणा गरेको छ । अल्पसंख्यक युगुर मुसलमान समुदायमाथि मानवअधिकार हननमा संलग्न भएको आरोपमा अमेरिकाले प्रतिबन्धको घोषणा गरेको हो । उसले चिनियाँ कम्युनिष्ट पार्टीका क्षेत्रीय प्रमुख चेन क्वानगुओ र अरु तीन अधिकारीमाथि प्रतिबन्ध लगाएको हो ।

चिनियाँ कम्युनिष्ट पार्टीका पोलिट्ब्युरो सदस्य समेत रहेका चेन अमेरिकाको प्रतिबन्ध भोग्ने चीनका अहिलेसम्मका उच्च अधिकारी हुन् । युगुर मुसलमानमाथि भइरहेको ज्यादतीमा चेन योजनाकार रहेको अमेरिकी आरोप छ ।

यसअघि चीनले युगुर मुसलमान समुदायको जनसंख्या सीमित गर्नका मुस्लिम महिलालाई बन्ध्याकरण गर्न वा गर्भनिरोधक साधन लगाउन बाध्य पारेको प्रतिबेदन हालै सार्वजनिक भएको थियो ।

युगुर मुस्लिमलाई शिविरमा राखिएको भन्दै चीनको अन्र्तराष्ट्रिय समुदायले आलोचना गर्दै आएका छन । चीनले भने आफूले कुनै किसिमको ज्यादती नगरेको बताउदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *