साना व्यवसायी आन्दोलनमा उत्रिए

काठमाडौं –
न्युरोड लगायतका क्षेत्रमा साना व्यवसायी आन्दोलनमा उत्रिएका छन् । उनीहरुले विभिन्न नारा लेखिएको ब्यानरसहित न्युरोडमा जम्मा भएर वर्षा कै बीचमा पनि प्रदर्शन गरेका हुन् ।नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन अवधिको बैंक ब्याज र घरभाडा मिनाहाको माग गर्दै आन्दोलन सुरु गरेको हो । महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरेको थियो ।

कोरोना भाइरसका कारण यतिबेला समग्र उद्योगी(व्यवसायीहरु निकै कठिन अवस्थाको साना गरिरहँदा पनि सरकारले बेवास्ता गरेको भन्दै व्यवसायी आन्दोलित भएका हुन् ।नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालका अनुसार समस्याहरुबारे जानकारी गराउँदा गराउँदै पनि राज्यले बैंकको ब्याजदर, किस्ता तिर्ने भाका तथा घरभाडाका विषयमा उचित निर्णय नलिएकाले आन्दोलन थालिएको हो ।

व्यवसायीले लकडाउन अवधिभरको ब्याज मिनाहा गर्न माग राखेका छन् । ऋणको किस्ता तथा ब्याज भुक्तानीको भाका एक वर्षपछि सार्नु पर्ने, कर्जाको ब्याजदर ८ प्रतिशतमा झार्नुपर्ने तथा लकडाउन अवधिभरको भरघाडा मिनाहा गर्नुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *