कोरोना भाइरस नियन्त्रणमा चुनौती पूरै समाप्त पार्न नसकिने डब्लूएचओ को दावी

एजेन्सी
विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसलाई पूरै समाप्त पार्न सकिएलाजस्तो नदेखिएको जनाएको छ । डब्लूएचओका आपतकालीन कार्यक्रम प्रमुख डाक्टर माइक रायनले अहिलेकै स्थितिमा भाइरस नियन्त्रण चुनौतीपुर्ण देखिएको बताएका हुन् ।

उनले भाइरसलाई पूरै नष्ट गर्न सकिन्छ जस्तो नदेखिएको पनि उल्लेख गरे । दोस्रो लहर आउनबाट रोकेर र लकडाउन बढाएर अघि बढ्नुपर्ने सुझाव उनले दिएका छन् । शुक्रबार एकैदिन संक्रमितको संख्या हालसम्मकै बढी देखिएपछि डब्लुएचओको पछिल्लो प्रतिक्रिया आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *