पेट्रोलियम पदार्थको मुल्यमा बृद्धि

काठमाडौं
नेपाल आयल निगमले इन्धनको मूल्य पुनः बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर एकरएक रुपैयाँको दरले बढाएको हो । नयाँ मुल्यसूचीअनुसार अब पेट्रोल प्रतिलिटर १ सय २ रुपैयाँ, डिजेल ८८ रुपैयाँ र मट्टितेल ८८ रुपैयाँ पर्ने निगमले जनाएको छ ।

हवाई इन्धन र एलपी ग्यासको मुल्य भने यथावत छ । यसअघि निगमले असार १६ गते पेट्रोलमा ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा दुई÷दुई रुपैयाँ बढाएको थियो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि भारतीय आयल कर्पोरेशनले पठाएको मुल्य सूचीअनुसार भाडादर समायोजन गरिएको निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *