विदेशी च्यानल वितरण मल्टिसिष्टम अपरेटर एमएसओ हरूलाई सरकारले धन्यवाद दिएको छ । शुक्रबार विज्ञप्ति निकालेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भारतीय टेलिभिजनको प्रसारण रोकेकोमा एमएसओलाइ धन्यवाद दिएको हो । नेपालका मर्यादित संस्था र नेतृत्वलाई लाञ्छना गरी अनर्गल सामग्री प्रसारण गर्ने कतिपय भारतीय सञ्चारमाध्यमहरूको प्रसारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी जिम्मेवारी बोधका साथ स्वतस्फूर्त रूपमा प्रसारण रोकेको भन्दै मन्त्रालयले नेपालका डिजिटल केवल सेवाप्रदायकहरूलाइ धन्यवाद व्यक्त गरेको छ ।
केही दिन यता भारतीय खबर च्यानलले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको नाम जोडेर आधारहीन समाचार सम्प्रेषण गरेका थिए ।
Comments