संखुवासभा –
संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरो जाँदा आठ घर बगाएको छ । अविरल वर्षापछि आइतबार बिहान गएको पहिरोले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको हो । ११ जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन भएकालाई पहिरोले बगाएर बेपत्ता पारिएको हुन सक्ने अनुमान गरिएको छ ।
सिलिचोङ गाउँपालिका वडा नम्बर एक बेसिन्दामा भीम बहादुर राईसहित आठ वटा घर पहिरोमा परेका हुन् । तीन जनाको जीवितै उद्घार गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
घटनास्थल सदरमुकाम खाँदबारीबाट १ दिन टाढा पर्दछ । प्रभावित क्षेत्रमा सदरमुकाम खाँदबारीमा सशस्त्र र नेपाली सेनाको टोली उद्धारका लागि पठाउने तयारी गरिएको छ ।
Comments