‘यूएई’ले खुला गर्यो भिसा नवीकरण प्रक्रिया

काठमाडौं
संयुक्त अरब इमिरेट्स ‘यूएई’ले कोरोना भाइरस संक्रमणका कारण रोकिएको भिसा नवीकरण प्रक्रिया खुला गरेको छ । यूएई सरकारले आजबाट लागू हुने गरी आवासीय भिसा, आइडी कार्ड र वर्क परमिट भिसा नवीकरण फुकुवा गरेको हो ।

भिसा र वर्क परमिटको समय सकिएका कामदारहरुले आगामी सेप्टेम्बरसम्म भिसा नवीकरण गर्न पाउने यूएई सरकारले जानकारी दिएको छ । यो निर्णयबाट यूएईमा भिसा अवधि सकेर बसेका नेपाली लगायत हजारौं कामदार लाभान्वित हुने भएका छन् ।

भिसा सकिएका केही विदेशी कामदार यसअघि नै स्वदेश फर्केका छन् । कोरोना संक्रमण घट्दै गएपछि यूएई सरकारले भिसामा लगाइएको रोक फुकुवा गरेको हो । यूएईमा हालसम्म ५४ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ सय ३१ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *