महोत्तरीको जलेश्वरसहित दक्षिणवर्ती क्षेत्रका आधा दर्जन बस्ती डुबानमा

महोत्तरी
महोत्तरीको रातु खोलामा आएको बाढिले बाँध भत्किएपछि सदरमुकाम जलेश्वरसहित दक्षिणवर्ती क्षेत्रका आधा दर्जन बस्ती डुबानमा परेका छन् । एकडारा गाउँपालिकाको कोल्हुवा र महोत्तरी गाउँपालिकाको रानी रतवारामा तटबन्ध भत्काउँदै रातु खोलामा आएको बाढिको पानि बजराही, नगरपालिका चौक, महादेव मन्दिर अस्पताल रोडमा पसेपछि जलेश्वर जलमग्न भएको छ ।

जलेश्वर सँगै जोडिएको मटिहानी नगरपालिकाको सिमरदही, बहुअर्वा, पासवान टोल लगायतको बस्तीमा विगही खोलामा आएको बाढी पसेपछि डुबानमा परेको छ ।

घुँडा भन्दा माथि तीन फिट सम्म पानि जलेश्वरमा पुगेपछि स्थानीयलाई समस्या हुन थालेको छ । बस्ती डुबानमा परेपनि अहिलेसम्म धनजनको क्षति नभएको छैन । पानीको बहाब बढेर जोखिम सिर्जना भएमा खोज तथा उद्धारका लागि जिल्ला विपद् व्यवस्थापन समिति तयारी अवस्थामा रहेको छ ।

महोत्तरीमा प्रत्यक वर्ष बाढी र डुबानबाट ४० हजार भन्दा बढि व्यक्ति प्रभावित बन्दै आएका छन् । यसवर्ष १९ हजार ७ सय ८८ घर र ८५ हजार व्यक्ति बाढी र डुबानको उच्च जोखिममा रहेको जिल्ला स्थित विपद् व्यवस्थापन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *