खोला तर्ने क्रममा बगाएर बेपत्ता

विराटनगर :-मोरङको रतुवामाई नगरपालिका-३ चौकीघाटबाट रतुवा खोला तर्ने क्रममा  रतुवामाई नगरपालिका-७ का २४ बर्षीय अरुण ऋषिदेव  खोलाले बगाएर बेपत्ता भएका छन् ।

सोमवार दिउँसो सवा ३ बजेको समयमा खोला तर्ने क्रममा अचानक बगाएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको समेत सहयोगमा खोजतलास भईरहेको तथा हाल सम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *