कोरोना परीक्षणको अवैधरुपमा शुल्क असुल्ने निजी अस्पतालको छानबिन गर्न समिति गठन

विराटनगर:- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल मेडिकल कलेजले स्वीकृति नलिएरै कोरोना भाइरस (कोभिड-१९)को परीक्षण गरेको विषयमा अनुसन्धान गर्ने  भएको छ। मन्त्रालयले यी तीन अस्पतालले सरकारी निर्देशिका विपरीत स्वाब संकलन गरी परीक्षणका लागि सरकारी प्रयोगशालामा पठाउने र सेवाग्राहीसँग मनपरी शुल्क उठाएको गुनासो आएपछि छानबिन गर्न लागेको जनाएको छ ।मन्त्रालयबाट स्वीकृत नलिई यी अस्पतालहरुले कोभिड-१९ को परीक्षण गरिरहेको भन्नेबारे छानबिन गरी २ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।स्वास्थ्य मन्त्रालयले उपत्याको वीर, पाटन र शिक्षण अस्पताललाई शुल्क लिएर परीक्षण गर्न अनुमति दिएको थियो।  आइतबारमात्रै सानेपास्थित स्टार अस्पता र सिनामंगलस्थित काठमाण्डु मेडिकल कलेजले  आफैं स्वाब संकलन गरेर परीक्षण गर्ने अनुमति पाएका थिए।सरकारले अनुमति दिएका यी अस्पतालले ५ हजार ५०० मात्र शुल्क लिन पाउनेछन् । छानबिन गर्न लागिएका अस्पतालले भने ५ हजारभन्दा बढी शुल्क उठाएको आरोप छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *