कोरोना संक्रमितको संख्या दश हजार भन्दा बढि (अस्ट्रेलिया)

मंगलबार अस्ट्रेलियाको भिक्टोरियामा २७० र न्यु साउथ वेल्समा ३० जना थपिएपछि अस्ट्रेलियामा कोरोना संक्रमितको संख्या दश हजार ६१ पुगेको हो । दैनिक तीन अंकको वृद्धि देखिएपछि भिक्टोरियाको सार्वजनिक स्वास्थ्यको निकै चिन्ता गरिएको छ र जनतालाई धैर्य गरेर सरकारी आदेशहरू पालना गर्न अनुरोध गरिएको छ ।यता न्यु साउथ वेल्स राज्यमा पनि जुलाई ३ मा भिक्टोरियाबाट आएका एकजनाबाट फैलिएको कोरोना भाइरस मंगलबार अपरान्हसम्म ३० जनामा पुष्टि भैसकेको छ ।सिड्नीमा एक अंकमा झरिसकेको कोरोना भाइरसको संक्रमण फेरि  २ अंकमा उक्लेपछि न्यु साउथ वेल्स राज्य सरकारले केही प्रतिबन्धहरु सुरु गरेको छ ।

अन्तर्राष्ट्रिय उडानबाट अस्ट्रेलिया फर्किनेहरुका लागि न्यु साउथ वेल्स राज्यले नयाँ नीति सार्वजनिक गरिसकेको छ । आगामी शनिबार १८ जुलाई बिहानदेखि न्यु साउथ वेल्स राज्यले विदेशबाट आउनेलाई अनिवार्य होटेल क्वारेन्टाइनमा बस्नुपर्ने र सोको खर्च आफैले व्यहोर्नुपर्ने नियम सार्बजनिक गरिसकेको छ । यसअघि राज्यले नै होटेल क्वारेन्टिन खर्च ब्यहोरिदिने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *