सुर्खेतको सिम्तामा प्रहरीले गरे कोरोना संक्रमितलाई कुटपिट

विराटनगर :- सुर्खेको सिम्ता गाउँपालिकामा प्रहरी सहायक निरीक्षक विजय पुनले एक जना कोरोना संक्रमित व्यक्तिलाई सोमबार कुटपिट गरेको पाइएको हो।दुई महिनाअघि रूकुममा प्रहरीले महिलामाथि कुटपिट गरेको घटना सेलाउन नपाउँदै सुर्खेतमा पनि एक प्रहरीले कोरोना संक्रमितलाई मरणासन्न हुनेगरी कुटेको भेटिएको छ।

सिम्ता गाउँपालिका–६ को बागेश्वरी माध्यमिक विद्यालयकको क्वारेन्टिनमा बसेका सिम्ता गाउँपालिका–८ का एक युवकमाथि प्रहरी सहायक निरीक्षक पुनले असार २९ गते (सोमबार) कुटपिट गरेका हुन्।ती युवक भारतबाट आएर दुई साता अघिदेखि क्वारेन्टिनमा बसेका थिए। आफूसँगै बसेका साथीहरूसँग घर जान खोजेपछि भाग्न खोजेको बहानामा ती असईले उनीमाथि कुटपिट गरेको पीडितका आफन्तले बताए।पीडितका भाइका अनुसार उनका कुटपिटका क्रममा उनको बायाँ हात भाँचिएको छ।कुटपिटबाट घाइतेको शरीरभर निलडाम छ। कुटपिट भएकै दिन उपचारका लागि अस्पताल लैजान आफन्तले माग गरे पनि स्थानीय तहले बेवास्ता गरेको छ। कोरोना पोजेटिभ देखिएका कारण स्थानीय तहले अस्पताल लैजान नदिएको पनि उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *