चार महिनाको भाडा छुट भरतपुरको सिजी ल्याण्डमार्कको व्यवसायीलाई

विराटनगर :-
ल्याण्डमार्क व्यवस्थापनले चैंत्रदेखि असार महिनासम्मको चार महिनाको भाडा छुट दिने निर्णय गरेको छ। सिजी ग्रूप ग्लोबलले सञ्चालन गरेको मलका प्रमुख सञ्चालक प्रतिष्ठित व्यवसायी एवम् सांसद विनोद चौधरीको निर्देशनमा ल्यान्डमार्कले भाडा छुट दिने निर्णय गरेको छ।लकडाउनका कारण ठूलो समस्या झेलिरहेका मझौला व्यवसायीलाई राहत होस् भन्ने उद्धेश्यले भाडा छुट दिइएको हो ।

मल व्यवस्थापनको जिम्मेवारी लिएको बिल्डिङ म्यानेजमेन्ट कम्पनी (बिएमसी)का सञ्चालक, व्यवसायी राजेन्द्र अर्यालले व्यवसायीको मर्का बुझेर लकडाउन अवधिभरको भाडा नलिने निर्णय भएको बताए । अहिलेको अवस्थामा व्यवसायीलाई बचाउनु ठूलो कुरा भएकोले केही समस्या भए पनि चार महिनाको भाडा मिनाहा गरेको छ। मलका व्यवसायीहरुले व्यवस्थापन पक्षको निर्णयबाट निकै उत्साहित बनेको छ। मलमा व्यवसाय सञ्चालन गरिरहेका विदुर पौडेलले भाडा छुटले ठूलो राहात मिलेको भन्दैं पलायनको अवस्थाबाट जोगिको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *