करेन्ट लागेर १ को मृत्यु

सुनसरी, श्रावण -०२ गते ।
सुनसरीको देवानगंज-२ मुसरी टोल बस्ने २० बर्षीय महबुज अन्सारीको करेन्टलागेर मृत्यु भएको छ । हिजो अपरान्ह ५ बजे अन्सारीले बिजुलीको ट्रान्स मिटरकोपोलमा नेटको तार जोड्ने क्रममा एक्कासी करेन्ट लाग्दा उनि वेहोस भएका थिए ।
वेहोस भएका अन्सारीको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा साझ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
लागुऔषध गाँजा सहित १ जना पक्राउउदयपुर, श्रावण -०२ गते । उदयपुर त्रियुगा-५ श्रीपुर बस्ने ४७ बर्षीय हुद्द बहादुर दमाई लागुऔषध गाँजासहित पक्राउ परेका छन । हिजो दिउसो पौने ४ बजे हुद्द बहादुरलाई उनकै घरबाट
डेढ के.जी.तयारी गाँजा र ७ वटा गाँजाको बोट सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनि उपर थप अनुसन्धान भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *