मोरङ, श्रावण ०२ गते ।
पाँचथरको मिक्लाजुङ-२ घर भई मोरङको केरावारी गाउँपालिका-७ मा रहेको मावली घर आएका हर्क बहादुर लिम्बुको ३ बर्षीय छोरा बियन लिम्बु घर नजिकै
रहेको पानीको कुलोमा मृत फेला परेका छन् । बिहिवार राती साँढे ९ बजे बालक उक्त कुलोमा मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी
कार्यालय केरावारीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको छ
भने अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
कुलोमा डुबेको अवस्थामा ३ बर्षीय बालक मृत फेला

Comments