लागुऔषध सहित २ पक्राउ

बिराटनगरका २ स्थानबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले आज दिउँसो बिराटनगर-९ का १८ बर्षीय मो. सावाजलाई लागुऔषध डाईलक्स डि.सि.२६ बोतल सहित पक्राउ गरेको हो भने बिराटनगर १५ का २३ बर्षीय सचिन कुमार शाहलाई डाईलक्स डि.सी. ६ बोतल र नाईट्राभेट ३० चक्की सहित पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *