खोलाले बगाएर १ जनाको मृत्यु

झापा, झापाको अर्जुनधारा नगरपालिका-२ का ६० बर्षीय पर्शुराम भन्ने फत्ते बहादुर बस्नेतको खोलाले बगाएर मृत्यु भएको छ ।
बुधरवार दिउँसो साँढे ५ बजेको समयमा बजारबाट किनमेल गरी घर फर्केका बस्नेत बाटोमा रहेको टाङटिङ खोला तर्ने क्रममा अचानक खोलाले बगाएको र खोजतलास गर्ने क्रममा बगाएको स्थान भन्दा करिव ६०० मिटर तल मृत फेला पारेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *