दुई-तीन दिनभित्रै यातायात व्यवसायीले सार्वजनिक सवारी चलाउने

विराटनगर – यातायात व्यवसायीले केही दिनभित्रै सार्वजनिक सवारी चलाउने भएका छन् । मौद्रिक नीतिले आफूहरुको धेरैजसो माग सम्बाधेन गरेको भन्दै यातायात व्यवसायीले अब सार्वजनिक सवारी चलाउन तयारी थालेका हुन् ।उनीहरुले बैंकको किस्ता सार्नुपर्ने, सुहलियत ब्याजदरको पुनर्कर्जा दिनुपर्ने लगायतका माग राखेका थिए । मौदि्रक नीतिले माग सम्बोधन गरेपछि अब सार्वजनिक यातायात खुलाउन व्यवसायीहरु तयारीमा जुटेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले २-३ दिनभित्रै सार्वजनिक सवारीहरु चलाउनेबारे निर्णय हुने बताए ।सरकारले गत असार २६ गतेबाट जिल्लाभित्र र काठमाडौं उपत्यकाभित्रको सार्वजनिक सवारी खुला गरेको थियो । यातायात व्यवसायीका छाता संगठनहरुले बस नचलाउने निर्णय गरेकाले अधिकांश यातायात कम्पनीले अझै सेवा सुरु गर्न सकेका छैनन् ।केही यातायात कम्पनीले मात्रै बस चलाइरहेका छन् ।

महासचिव सिटौलाले भविष्यमा कोरोना समुदायमा फैलिएर सार्वजनिक यातायातलाई अपजस नआउने गरी स्वास्थ्य मापदण्ड बन्नुपर्ने र सबैको जिम्मेवारी स्पष्ट गरेर जानुपर्ने बताए ।यातायात व्यवसायीहरुले साउन ७ गतेबाट सकारसँग वातावरण सहज बने लामो दूरीको यातायात पनि सञ्चालन गर्न सकिने प्रस्ताव पनि गरेका छन् । पछिल्लो निर्णयअनुसार सरकारले गरेको ‘लुजडाउन’ साउन ७ गतेसम्मका लागि छ ।यातायात व्यवस्था विभागले भने अब सवारी सञ्चालनका लागि ‘एक्सन प्लान’ बनाएर अघि बढ्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *