मनकामना दर्शन प्रालिका कर्मचारीहरुले केवलकार सेवा सुरु गर्न पाउनु पर्ने माग गरेका छन् । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सेवा सुरु गर्न दिनुपर्ने माग कर्मचारीहरुको भनाइ छ ।

करिव चार महिनादेखि केवलकार बन्द हुँदा जीवन निर्वाह गर्न मुस्किल भएको भन्दै उनीहरुले सेवा सन्चालनको वातावरण बनाइदिन सरकारसँग माग गरेका हुन् ।केवलकार सेवा सुचारु गर्न सरकारले अझै चासो नदिएको प्रालिका कर्मचारी यूनियन अध्यक्ष राजेन्द्र लामाले बताए। सरकारले गरेको लकडाउनले बेरोजगार बढेको , मान्छे भोकै मर्ने , आत्महत्या र भोकमरीको कहर बढेको भन्दै निश्चित मापदण्ड तोकेर सेवा सन्चालन गर्न दिनुपर्ने लामाले भने ।
Comments