साउनको पहिलो सोमबार पशुपति नखुल्ने

विराटनगर:- पहिलो सोमबार  दर्शनार्थीका लागि पशुपति मन्दिर नखुल्ने भएको छ।सरकारले नै मन्दिर, विद्यालयलगायत धेरै भीडभाड हुने ठाउँ नखोल्ने निर्णय जारी राखेकोले पशुपतिमा भक्तजनका लागि खुल्ला नगरिएको हो।

सरकारले मन्दिर खोल्ने निर्णय नगरेसम्म भक्तजनका लागि पूजाआजा र दर्शनका लागि मन्दिर नखुल्ने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले बताए । साउन ७ सम्म त लकडाउन जारी रहने तर नित्य पूजा त भइरहने छ । भक्तजनका लागि सरकारले मन्दिर खोल्ने निर्णय नगरेसम्म नखुल्ने , सचिव प्रदीप ढकाल ले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *