प्रधानमन्त्री केपी शर्माले बोलाए सर्वदलीय बैठक

बिराटनगर:-
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार साँझ ४ बजेलाई बोलाइएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलक अध्यक्षलाई बोलाइएको छ । बैठकमा पूर्व प्रधानमन्त्रीहरुलाई पनि बोलाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः राजन काफ्ले/प्रधानमन्त्रीको स्वकीय सचिवालय

बालुवाटार स्रोतका अुनसार भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको विषयमा केकसरी अघिबढ्ने भन्ने बारे यो बैठकमा छलफल हुनेछ । साथै, पछिल्लो साता नेपालमा बढेको कोभिड संक्रमणबारे पनि छलफल हुने बताएइएको छ । ‘पछिल्लो परिस्थितिबारे दलहरु र पूर्व प्रधानमन्त्रीबाट राय सल्लाह लिनका लागि प्रधानमन्त्रीले बैठक बोलाउनु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *