नारायणगढ–मुग्लिन सडकमा पहिरो

विराटनगर:- नारायणगढ–मुग्लिन सडकमा सोमबार बिहानै पहिरो खस्दा सवारी आवागमन बन्द भएको छ । पोखरालाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य सडक बिहान ४ बजेतिर पहिरो गएर थुनिएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पहिरो ठूलो भएकाले सोमबार दिनभरजसो नै सडक अवरुद्ध हुने सम्भावना रहेको बताए । उनले तत्कालका लागि यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *