बाजुराको पक्की पुल बाढीले बगायो

अविरल वर्षाका कारण आएको बाढीले बुढीगङ्गा नगरपालिका –२ को घट्टे खोलामा रहेको पक्की पुल बगाएको छ । साँफे-मार्तडी सडकअन्तरगत पर्ने ताप्रिसेरास्थित घट्टेको खोलामा रहेको २५ मिटर लामो पक्की पुल बगाएपछि स्थानीयकाे आवतजावत नै बन्द भएको र स्थानीय घरमा जानसमेत निकै समस्या भएको बुढीगाङ्गा नगरपालिका वडा नं –२ का वडा अध्यक्ष हिरा थापाले बताउनुभयो ।

पुल वारिपारिमा रहेका झण्डै १२ घरपरिवारले खोलामा पानी खाने र नुहाउने गर्दथे । हिजो राति आएको बाढीले पुल नै बगाएपछि खानेपानीको समेत निकै समस्या भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *