वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक घटयो

वैदेशिक रोजगारमा एक चौथाइले गिरावट भएको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५÷७६ को तुलनामा आर्थिक वर्ष २०७६÷७७ मा श्रम स्वीकृति लिने श्रमिक २७.५९ प्रतिशतले घटेका छन् ।

विश्व महामारीका रूपमा फैलिएको कोरोनाका कारण स्वदेशमा श्रम स्वीकृति बन्द हुनुका साथै स्वदेश तथा विदेशमा बन्दाबन्दीले सबै उडान ठप्प हुँदा यो सङ्ख्या घटेको हो । विभागका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा पाँच लाख आठ हजार ८०२ जनाले श्रम स्वीकृति लिएर विदेशिएकोमा आर्थिक वर्ष २०७६÷७७ मा तीन लाख ६८ हजार ४३३ जनाले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिएका पनि धेरैजसो अझै जान पाएका छैनन् ।
गत फागुनदेखि नै श्रम गन्तव्य मुलुक र नेपालमै पनि कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा श्रम स्वीकृति लिएका पनि जान पाएका छैनन् । रोजगारीमा गएकामध्ये अहिले पनि कतिपय विदेशमै अलपत्र परेर सरकारले चार्टर उडानमार्फत स्वदेश फिर्ता गरिरहेको छ । नेपाल सरकारले गएको फागुन २९ गतेबाट श्रम स्वीकृति दिन बन्द गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *