विश्‍वभर कोरोना भाइरस संक्रमितको संख्या अढाई लाख नाघ्यो

कोरोना भाइरस (कोभिड–१९) को संक्रमित हुनेको संख्या अढाई लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार आइतबार विश्वभर २ लाख ६० हजार जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो ।त्यसमा सबैभन्दा धेरै नयाँ संक्रमितहरू अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा पाइएका डब्लूएचओले जनाएको छ ।

एकै दिनमा संसारभर ७ हजार ३ सय ६० जनाले ज्यान गुमाएका छन् । योसँगै विश्वभर कोभिड–१९ का कारण ज्यान गुमाउनेहरूको संख्या ६ लाख नाघेको छ । मृतकमध्ये एक चौथाइ अमेरिकाका छन् । पहिलो स्थानमा रहेको अमेरिकामा संक्रमितको संख्या ३७ लाख ६३ हजारभन्दा बढी छ । भाइरसका कारण अमेरिकामा १ लाख ४० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *