चेपाङका घर चितवन राष्ट्रिय निकुन्जद्वारा आगजनी

चितवन राष्ट्रिय निकुन्जले माडी नगरपालिका–९ का चेपाङ वस्तीका घर हात्ती लगाएर भत्काइदिनुका साथै केही आगजनीसमेत गरेको छ ।माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालले आठ वटा घर भत्काइएको र दुईवटा घरमा आगजनी गरिएको बताए ।

अविरल वर्षाको बेला घर नै नरहेपछि चेपाङ सुमदायको विचल्ली भएको छ । मेयर ढकालका अनुसार चेपाङ समुदायका लत्ताकपडा, भाँडाकुँडा, दुःख गरेर कमाएको केही रकमसमेत पूर्णरुपमा नष्ट भएको छ ।

माडी नगरपालिका–९ कुसुमखोलामा २०५३ सालदेखि सकुम्वासी चेपाङहरु बस्दै आएका थिए । निकुन्ज क्षेत्र अतिक्रमण गरेर बसेको भन्दै उनीहरुका घर भत्काउनुका साथै आगजनी गरिएको हो ।

स्थानीय सरकार वा सरोकारवाला कुनै पनि निकायसँग समन्वय नगरी निकुन्ज प्रशासनले चेपाङ समुदायको घर भत्काइदिएको र आगजनी गरेको भन्दै माडी नगरपालिकाले भत्र्सना गरेको छ । साथै चेपाङहरुको उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *